काठमाडौँ, ६ असोज । हृदयघातपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज अस्पतालबाट डिस्चार्ज हुने हुनुभएको छ ।
नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई ११ बजे डिस्चार्ज गर्न लागिएको हो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज गर्न लागिएको हो ।
शनिबार राति १० बजेतिर माइल्ड हर्ट एट्याक भएका शाहलाई १० बजे अस्पताल पुर्याइएको थियो ।
६७ वर्षीय शाहले नियमित खानपिनसँगै अलिअलि हिँडडुल पनि गर्न थालिसक्नु भएको छ ।
उनलाई शनिबार राति हृदयघात भएको थियो। राति साढे ९ बजेतिर अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि नर्भिक अस्पताल पुर्याइएको थियो।
















प्रतिक्रिया