काठमाडौ, ६ असोज । सैनिक मुख्यालय जंगीअड्डाले करारमा कार्यरत प्राविधिक उपरथी नरेशबहादुर बस्नेतलाई ऐन नियमविपरीत रथीमा पदोन्नतिका लागि सिफारिस गरेको छ।
उक्त सिफारिस पारित भएमा बस्नेत नै भावी प्रधानसेनापति बन्ने बाटो खुल्नेछ। उपरथीको ५ वर्षे पदावधिका कारण करिब २ वर्षअघि नै अवकाश पाएका बस्नेत अहिले करारमा विकास निर्माण तथा स्थपति महानिर्देशनालयको प्रमुखका रूपमा कार्यरत रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
२०६९ पुस १५ मा पदावधिका कारण अवकाश पाएका बस्नेतलाई त्यसबेला पनि सैनिक ऐनविपरीत प्रधानसेनापति गौरवशमशेर जबराको दबाबमा ुविशेष पदु सिर्जना गरी २ वर्षका लागि थमौती गरिएको थियो। ऐन नियममा व्यवस्था नभए पनि संविधानसभा विघटनसँगै कामचलाउ बनेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सेनाको सिफारिसलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरिदिएका थिए।
‘नेपाली सेनामा प्रधानसेनापतिको प्रत्यक्ष निर्देशनमा रहने गरी प्राविधिक उपरथीको विशेष पद एक बढीमा दुई वर्षका लागि सिर्जना गर्ने। यसरी सिर्जित पदमा प्राविधिक उपरथी नं १२१८ का श्री नरेशबहादुर बस्नेतलाई मिति २०६९/९/१५ देखि लागू हुने गरी बढीमा दुई वर्षका लागि नियुक्त गर्ने। सो पदमा कार्य गर्दा निजलाई प्राविधिक उपरथीले पाएसरहको सुविधा र मर्यादाक्रम उपलब्ध गराउने। निज जुनसुकै कारणबाट सो पदमा नरहेमा वा दुई वर्षको अवधि समाप्त भएमा सो पद स्वतः खारेज हुने,’ मुख्यसचिव लीलामणि पौड्यालद्वारा हस्ताक्षरित तत्कालीन निर्णयमा उल्लेख छ।















प्रतिक्रिया