३० आश्विन २०८३, शुक्रबार

पूर्वराजाले हृदयाघातपछि भने, ‘अब कहिल्यै धूमपान गर्दिनँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajaकाठमाडौं, ६ असोज । उच्‍चरक्तचाप र कोलेस्ट्रोलबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाहको हात शनिबार बिहान एक्कासि झमझमायो। तत्काल उनका निजी चिकित्सक डा किशोर राणा निर्मल निवास पुगेर स्वास्थ्य जाँच गरे।

अत्यधिक धूमपान गर्दै आएका ज्ञानेन्द्रको ईसीजी र रगत परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य देखियो तर डा राणालाई त्यसप्रति शंका लाग्यो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा भारत राउत र यादव भट्टलगायतको सल्लाहमा फेरि ज्ञानेन्द्रको ईसीजी गर्ने निष्कर्ष निकालियो।

साँझ ६ बजे दोस्रोपटक ईसीजी गर्दा ६८ वर्षीय ज्ञानेन्द्रमा हृदयाघातको संकेत देखियो। दोस्रोपटक परीक्षण गरिएको रगतमा पनि केही खराबी देखियो। यसबाट ज्ञानेन्द्र पूर्ण रूपमा स्वस्थ नभएको निष्कर्षमा चिकित्सक पुगे।

यसबारे पूर्वराजपरिवारका सदस्यबीच छलफल चल्दै गर्दा राति नौ बजेतिर ज्ञानेन्द्रले छातीमा पीडा महसुस गर्न थाले। त्यसपछि चिकित्सकले उनलाई घरमा होइन तुरुन्त अस्पताल गएर उपचार गर्न सल्लाह दिए। ज्ञानेन्द्रलाई उपचारका लागि राति १० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइयो।

अस्पतालमा एन्जियोग्राफी गर्दा उनको मुटुको देब्रेपट्टिको रक्तनली पूर्ण रूपमा बन्द भएको पाइएपछि बेलुनको सहयोगमा बन्द रक्तनली सफा गरियो। त्यसपछि ज्ञानेन्द्रले आराम महसुस गरेको उपचारमा संलग्न डा रावतले बताएको समाार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

ज्ञानेन्द्रकी छोरी प्रेरणाका छोरा पार्थवबहादुर सिंहको जन्मदिन शनिबार नै परेकाले जन्मदिन मनाउने तयारी भइरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो। यसले गर्दा जन्मदिन मनाउने कार्यक्रम रद्द गरिएको थियो। रावतका अनुसार समयमै उपचार भएकाले ज्ञानेन्द्रको मुटु क्षति हुनबाट जोगिएको छ।