काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका निजी सहायक गोकर्ण पौडेललाई अख्तियारले अनुसन्धान अवधी नघाएर मुद्दा दायर गरेको भन्दै सफाई दिने फैसला सुनाएको छ।
प्रधानन्यायाधीश दामोदर शर्मा ,न्यायाधीशहरु गोपाल पराजुली र दिपकराज जोशीको संयुक्त इजलाशले अनुसन्धान शुरु गरेको दुईवर्ष भित्र मुद्दा दायर नगरेको देखिएको भन्दै पौडललाई सफाई दिने फैसला गरेको हो।
प्रधानमन्त्रीको निजी सचिवको रुपमा काम गर्दा अकुत सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तत्कालिन समयमा अख्तियारले पौडलसँग श्रोत नहुनेको २ करोड ६३ लाख रुपैयाँ रहेको जिकीर गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
अख्तियारको उक्त मुद्दामा सुनुवाई गर्दे विशेष अदालतका तत्कालिन अध्यक्ष भूपध्वज अधिकारी र सदस्यहरु कोमलनाथ शर्मा र चोलेन्द्र सम्सेर राणाको इजलाशले सार्वजनिक पद धारण गरेको अवधीले एक वर्षभित्र मुद्दा दायर गर्नुपर्नेमा उक्त अवधी नघाएको भन्दै सफाई दिएको थियो।
विशेष अदालतको उक्त निर्णय विरुद्ध अख्तियार २०६९ भदौ ८ गते सर्वोच्च अदालतमा पूनरावेदन गरेको थियो।















प्रतिक्रिया