३ कार्तिक २०८३, मंगलबार

हृदयाघात भएका पूर्वराजाको स्वास्थ्यमा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gyanendra-shah

काठमाडौँ, ५ असोज । हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उहाँलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारपछि शाहको अवस्थामा क्रमिक सुधार आएको अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले जानकारी दिनुभयो ।

शाहको उपचारको कोरोनरी रक्तनलीलाई एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको अस्पतालले जनाएको छ ।

यसैबीच एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले उपचाररत शाहलाई आइतबार अस्पतालमा भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । शाहको स्वास्थ्यलाभको कामना गर्दै उहाँका शुभेच्छुकको अस्पतालमा भिड लागेको थियो ।