२९ आश्विन २०८३, बिहिबार

बंश जोगाउन बिहे गरेको होइन : राजेश हमाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-hamal

काठमाडौं, ५ असोज । केही महिना अघिमात्रै बिवाह बन्धनमा बाँधिएका महानायक राजेश हमालले वंश जोगाउन मात्र आफूले विहे नगरेको स्पष्टीकरण दिएका छन् ।

काठमाडौमा जारी लिट्रेचर फेष्टिवलमा बोल्दै नायक हमालले यो प्रस्ष्टीकरण दिएका हुन् ।

‘मैले बुढेसकालको एक्लो पन भगाउन र बंश जोगाउन बिहे गरेको होईन ।’ हमालले भने, ‘बंश धान्नका लागि गरिने बिबाहको कुनै अर्थ छैन् ।’ करिब ७ बर्ष अघि देखिकी प्रेमिका मधु भट्टराईसँग केही महिना अघिमात्रै राजेशले बिहे गरेका थिए ।

सिनेमामा देखाइने अंग प्रदर्शन पुरुष कलाकारको सिक्स प्याक्सलाई अन्यथा अर्थमा लिन नहुने बताउदै राजेशले महिला कलाकारले पनि रचनात्मक शैलीमा गरेको अंग प्रदर्शनको आलोचना गर्न नहुने विचार व्यक्त गरे ।