२८ आश्विन २०८३, बुधबार

आइफोन किन्न गर्लफ्रेण्ड भाडामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-iphone

अहिले एप्पलको नयाँ आइफोन लिन विश्वका विभिन्न देशमा आइफोनका पारखीहरुबीच तँछाडमछाड चलिरहेको छ । आइफोनका नयाँ अर्डर धान्नसमेत एप्पललाई अप्ठेरो परिरहेको छ । पैसा हुनेलाई त ठीकै छ, तर पैसा नहुनेले कसरी किन्ने ? चिनियाँ एक युवकले आइफोन किन्न यस्तै एउटा जुक्ति लगाएका छन् ।

यो विचित्रको घटना हो, चीनको सांघाईको शोंगझियांग युनिभर्सिटको । यहाँका एक युवकले आइफोन सिक्स किन्नका लागि आफ्नो गर्लफ्रेण्ड भाडामा दिने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा विज्ञापनदेखि युनिभर्सिटी परिसरमा प्लेकार्ड बोकेर पनि यसको विज्ञापन गरिरहेका छन्।

विज्ञापनमा युवकले घण्टा, दिन र महिनाको भाडा उल्लेख गरेका छन् । उनले एक घण्टाको १० चिनियाँ येन, एक दिनका लागि ५० र एक महिनाका लागि ५०० येन भाडा तय गरको छन् । एजेन्सी