दाङ, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधान निर्माणका लागि कांग्रेस र र एमाओवादी मिल्नु पर्ने नयाँ प्रस्ताव अघि सार्नु भएको छ ।
दाङको लमहीमा आइतबार भएको कार्यक्रममा उहाँले संविधान निर्धारित मितिमै बनाउनका लागि कांग्रेस र एमाओवादी मिल्नुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।
उहाँले दलहरूबीच दूरी बढ्दै गए संविधान बन्न नसक्ने ठोकुवासमेत गर्नुभयो ।
उहाँले कांग्रेसका शीर्ष नेताले एमालेको मात्र कुरा सुनेको र एमाओवादीलाई बाइपास गर्न खोजेको भन्दै असन्तुष्टिसमेत पोख्नुभयो ।
संविधान सहमतिको दस्तावेज भएकाले सबैको सहमतिमा जारी गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले माघ ८ मा संविधान जारी गर्न नसके स्थिति खतरनाक हुन सक्नेतर्फ संकेत गर्नुभयो ।
उहाँले नयाँ संविधानमा हिन्दू राष्ट्रका बारेमा स्पष्ट उल्लेख हुनुपर्नेमा उक्त कार्यक्रममा पनि जोड दिनुभयो ।
















प्रतिक्रिया