काठमाडौं, ५ असोज । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको छ ।
वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा लिनबाट बञ्चित भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ छ । यससँगै श्रम तथा रोजगार मन्त्रालय र विभागको कूटनीतिक अज्ञानतासमेत सार्वजनिक भएको छ।
मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र भएकाले यसका नाउँमा जारी हुने सरकारी कागजातमा स्पेशल एडमिनिस्ट्रेटिभ रिजन एसएआर पिपुल्स रिपब्लिक अफ चाइना९पीआरसी० छोटकरीमै भएपनि अनिवार्य लेखिनुपर्ने मान्यता छ।
तर वैदेशिक रोजगार विभागद्वारा जारी ुवैदेशकि रोजगार अनुमतिु स्टिकरमा मुलुकको नाउमा कमाउ मात्र उल्लेख छ। पछिल्लो समय चिनियाँ विदेश मन्त्रालयको कमिस्नर कार्यालयले यस्तो राहदानी बाहकको भिसासम्बन्धी निवेदन अस्वीकार गर्दै आएको छ।















प्रतिक्रिया