३० आश्विन २०८३, शुक्रबार

१० हजार विद्यार्थी आठै विषयमा फेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcकाठमाडौं, ५ असोज । गत वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा १० हजार दुई सय ७७ जना विद्यार्थी सबै विषयमा अनुत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयलका अनुसार परीक्षामा नियमिततर्फका तीन लाख ९४ हजार नौ सय ३३ जना सहभागी थिए।

उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले आठवटै विषयमा अनुत्तीर्ण अधिकांश विद्यार्थी सामुदायिक विद्यालयका भएको बताए। एसएलसी परीक्षामा आठ विषयमा जाँच दिनुपर्छ र पूर्णांक पनि आठ सय नै हुन्छ।

पनिकाका अनुसार सात विषयमा अनुत्तीर्ण हुने १३ हजार १२ जना र ६ विषयमा अनुत्तीर्ण हुने १७ हजार सात सय ९५ जना छन्। त्यस्तै पाँच विषयमा फेल हुने २३ हजार तीन सय ६७, चार विषयमा फेल हुने ३१ हजार ६१ जना र तीन विषयमा ४० हजार तीन सय ९० जना छन्।

पनिकाले गत जेठमा सार्वजनिक भएको नतिजाअनुसार सहभागीमध्ये ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । त्यसमध्ये सामुदायिक विद्यालयका २८.२९ प्रतिशत र निजीका ९३.१२ प्रतिशत उत्तीर्ण थिए। उपनियन्त्रक श्रेष्ठले भने, ‘एसएलसीमा एक विषयमा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीलाई परीक्षा दिलाउनुमा शिक्षानीति नै गलत छ।’

सरकारी नीतिअनुसार कक्षा सातसम्म विद्यार्थीलाई अनुत्तीर्ण गराउन पाइँदैन। उदार कक्षोन्नति नाम दिइएको शिक्षा मन्त्रालयको यो नीतिमा अनुत्तीर्ण विद्यार्थीलाई सुधारका लागि सुझाव दिँदै कक्षा चढाउने गरिन्छ।