२८ आश्विन २०८३, बुधबार

तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरणसभा अगष्ठ अन्तिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजु थापा

दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको दोस्रो साधारणसभा तथा चियापान समारोह अगष्ठ अन्तिम साता हुने भएको छ ।

दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्वर २१ तारिकमा सो समारोह गर्न लागिएको हो ।

समाजद्धारा आयोजित समारोह दिउँसो ११ वजे सुरु हुने छ ।

उक्त भेलाले नयाँ कार्यसमिति चयन गरी समाजको आगामी कार्यक्रमको वारेमा व्याख्या गर्दै तेह्रथुम जिल्लाको शिक्षा तथा स्वास्थ्य लगायत अन्य विभिन्न रचानात्मक कार्यका लागि व्यापक छलफल गर्ने आयोजकले बताएका छन् ।

लगभग दुई वर्ष अगाडी गठित समाजले वोनम्यारोवाट पीडित सकेन्द्र लिम्वुलाई आर्थिक सहयोग, खोजी प्रतिभा सिजन दुईका विजेता विक्रम लिँम्बलाई सम्मान, तेह्रथुम आईडलको प्रथम पुरस्कार प्रायोजन तथा आर्थिक सहयोग र विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

साथै समाजद्धारा जिल्लामा हालै एम्वुलेन्स किनी सञ्चालन गरी अभियानलाई सक्रिय साथ दिदै आएको छ ।

समारोहमा कोरियामा रहेका बुद्धिजिवी, पत्रकार, समाजसेवी, संघसस्थाका प्रतिनिधि, व्यापारी, विधार्थी लगायत अन्य सम्पूण महानुभावलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।

तेह्रथुम जिल्लाबासी र तेह्रथुम जन्म भई अन्यत्र वसोवास गर्ने सवैलाई अनिवार्य उपस्थिती हुन पनि आयोजकले अनुरोध गरेको छ ।

समाजका केन्द्रीय संयोजक लक्ष्मीप्रसाद थापाले उक्त समारोहबाट जिल्लावासीलाई रचानात्मक कार्य गर्नका लागि एकत्रित गर्ने भएकोले सवैलाई यस समारोहमा उपस्थित भई सहयोग गरिदिन अपिल गर्नुभयो ।

थप जानकारिको लागि, लक्ष्मी प्रसाद थापा ०१०५६९९४३२९, राजु थापा ०१०६२४५२४६९, गणेश सौगात ०१०८८८७९७७५, सन्तोष मादेन ०१०४८३५१५६५ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।