रवि रोषी
दोहा । कतार आएको नेपथ्य व्याण्डले कतारवासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन सफल भएको छ । सनैया स्थित वेस्ट इन्ड पार्कको एमपी थिएटरमा सम्पन्न उक्त लाईभ कन्सर्टमा गायक अमृत गुरुङले आरम्भ गीत सहित १५ वटा गीत प्रस्तुत गर्नुभएको थियो ।

उहाँले छेक्यो छेक्यो देउराली डाँडा, खाम कि नखाम लामपाते सुरती, चरि मर्यो सिसैको गोलीले, जोमसोङै बजारमा, जोगले हुन्छ भेट, जीवन हो घामछायाँ, भेडाको उन जस्तो, हिमाल चुचुरे, मै नाचेँ छमछमी, रेशम, तालको पानी कोहि गन्न सक्दैन, रातो र चन्द्र सुर्य र धौलागिरी क्षेत्रको सेरोफेरोमा गाईने सालैजो भाका गीत पस्किएर भरपुर मनोरञ्जन दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

मेची कालीका लोकभाकालाई समेटी तयार पारेका गीतहरुकालाई नेपालका पारम्परिक बाजा र पाश्चात्य बाजाको समिश्रणको विशेषताले थप रौनकता थपेको थियो । साढे ६ बजे बाट सुरु भएको सो कार्यक्रममा नेपालबाट आएकी गायिका रितु लामा र कतारका स्थानीय गायक मोहन शाहले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

प्रवासमा रहेपनि देशलाई माया गर्न र आफुले कमाएको आम्दानीको केहि प्रतिशत नेपालका गरिबीका रेखामुनि जीवन यापन गरेका निरक्षर बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्न आयोजकले आव्हान गरेको थियो ।














प्रतिक्रिया