१ कार्तिक २०८३, शनिबार

नेकपा एमाले प्रहरीको संगठन होइनः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepal

काठमाडौं, ४ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई प्रहरीको संगठन जस्तो गरी चलाएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ ।

सगरमाथा अञ्चल सम्पर्क कमिटीले विजयी दशमी तथा दिपावली र छटको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामाना आदन–प्रदान कार्यक्रममा यस्तो बताउनु भएको हो ।

‘खल्तीबाट निकालेर मन्त्री बनाउने र डण्डा पेलेर पार्टी चलाउँने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ,’ उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै भन्नुभयो, ‘नेकपा एमाले प्रहरीको संगठन होइन ।’

उहाँले पार्टीमा सल्लाह गरेर, सुझाव लिएर र सहकार्य गरेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले कुनै एक दिन एमाओवादी हराएर गयो भने आश्चर्य नमान्दा हुने समेत बताउनु भयो ।

एमाओवादीकै एक पोलिट्व्युरो सदस्यले समेत आफुसँग त्यही कुरा गरेको उहाँले खुलासा गर्नुभयो ।

प्रशासनयन्त्रलाई सुधार गरेर अघि बढ्नु पर्ने अवस्था रहेको भन्दै उहाँले त्यसका लागि एमाले लागि पर्नु पर्नेमा जोड दिनुभयो ।