२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलियाका नेपालीबाट सुनकोसी पीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

मेलम्ची । मेलम्ची । माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरुको राहत र पुनःस्थापनाका लागि अष्टेलियामा बस्ने नेपालीहरुले पाँच लाख सहयोग प्रदान गरेका छन् ।

नेपाली काँग्रेसको पहलमा रकम सहयोग उपलब्ध गराइएको हो । शनिबार आयोजित एक कार्यक्रममा अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमको तर्फबाट इन्जिनियर नारायण काफ्लेले सो रकमको चेक उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गर्नुभयो भने उपप्रधानमन्त्री सिंहले सो चेक जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई प्रदान गर्नुभएको थियो ।

सहयोग रकम जुटाउन नेपाली काँगे्रस सिन्धुपाल्चोकका युवा नेता तारानाथ दाहालले पहल गर्नुभएको थियो ।

समारोहमा उपप्रधानमन्त्री सिंहले सुनकोसी पीडितका लागि राहत पुनःस्थापना एवम् क्षति पुगेको पूर्वाधारको पुनर्निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

उहाँले विपत्तिमा परेकाहरुको सहयोगका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोकको आह्वानमा अष्ट्रेलियामा बासोवास गरिरहेका नेप्लिज डेमोक्र्याटिक फोरमले गरेको यस मानवीय कार्यको सराहना गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता दाहालले यस वर्षको वर्षाले सबैभन्दा बढी राहत सिन्धुपाल्चोकमा पुगेको र पीडितहरुको राहतका लागि जिल्लाका काँग्रेसका नेता तथा कार्यकर्ता परिचालनबाट अधिकतम सहयोग र परिचालन गरिएको बताउनुभयो ।

उहाँले पीडितहरुको पुर्नवासका लागि ठोस कार्यक्रम शीघ्र लागू गर्न र नजिकिँदै गरेको चाडबाड मनाउन पीडितलाई विशेष सहयोग प्रदान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ शव फेला नपरेको एवम् पीडित एक हजार २४० घरमध्येलाई पीडितका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जानकारी दिनुभयो ।