१ कार्तिक २०८३, शनिबार

लिम्वुवान राज्य घोषणाको माग गर्दै झापामा र्‍याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

56

झापा, ४ असोज । अरुण पुर्वका नौ जिल्लालाई आफ्नो स्वामित्वमा राख्नुपर्ने, लिम्वुवान राज्य घोषणा गर्नुपर्नेलगाएतका माग राख्दै आएका लिम्वुवान पार्टी नेपालले शनिबार झापाको विर्तामोडमा र्‍याली निकालेको छ ।

झापाको विर्तामोड स्थित नँया बसपार्कबाट शुरु भएको उक्त ¥यालीले विर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

शनिबार नै विर्तामोडको वसपार्कमा हुने भनिएको लिम्वुवानको घोषणासभामा सहभागी हुन गाउँगाउँबाट कार्यकर्ताहरु आएका थिए ।

गत साउन २१ गते भेडेटारमा भएको पाँच लिम्वुवान बिचको पार्टी एकतापछि पहिलो पल्ट लिम्वुबानका घोषणासभा हुन लागेको हो ।

घोषणा सभामा लिम्वुवान नेताहरु कुमार लिगदेन मिरक,सञ्जुहाग पालुगाँ ,चन्द्रकुमार शेर्मा लगाएतले सम्वोधन गर्ने कार्यक्रम छ ।