२८ आश्विन २०८३, बुधबार

यूएईका कांग्रेस–एमाले संगठनले गरे समाचारको खण्डन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आबुधाबी । नेपाली राजदुतावास यूएई परिसर भित्र एमआरपी फारम भर्दै आइरहेको टाईपिङ सेवाबाट नेपाली कांग्रेस र नेकपा एमालेका यूएई प्रवास संगठनहरुले रकम असुलिरहेको भन्ने आशयको समाचार बिभिन्न अनलाइन संचार माध्यममा आएकोमा ती दुवै संगठनले संयुक्त प्रेश बिज्ञप्ति मार्फत आपत्ति जनाएका छन् ।
१८ फेब्रुवरीका दिन नेपाली जनसम्पर्क समितीका अध्यक्ष चित्र केसी र प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष प्रकाश कोइरालाले संयुक्त रुपमा जारी गरेका प्रेश विज्ञप्तिमा ‘हाम्रा दुई संगठनको नाम जोडेर विगत केहि समयदेखि निरन्तर रुपमा सामाजिक सञ्जाल फेसबुक तथा बिभिन्न अनलाइनहरु मार्फत हुँदै आइरहेको कुप्रचार र १७ सेप्टेम्बर २०१४ बुधबारका दिन सेतोपाटी र रातोपाटी अनलाइनमा प्रकाशित ‘दुताबास भित्रै पसल खोलेर मालामाल’ शीर्षकको समाचारप्रति हाम्रो दुवै संगठनको गम्भीर आपत्ति रहेको जनाउदछौँ’ भनिएको छ ।
विज्ञप्तिमा व्यक्तिगत पहिचान लुकाएर सामाजिक सञ्जाल फेसबुकमा काल्पनिक नाम प्रयोग गरी कपोलकल्पित र भ्रमपूर्ण कहानीहरु लेखेर आफ्ना संगठनलाई बदनाम गराउन खोज्ने र आर्थिक चलखेल जस्तो अत्यन्तै सम्बेदनशील बिषयलाई हचुवाका भरमा निर्लज्ज तरिकाले आफूखुशी आफु निकटका अनलाइनमा सम्प्रेषण गर्ने गलत र उच्छृङ्खल प्रवृत्तिको घोर निन्दा र भत्र्सना गरिएको छ ।

सम्बन्धित बिषयको पोख्त सबुत प्रमाण बिना ब्यक्तिगत लहडबाजीमा भ्रामक समाचार बनाई सम्प्रेषण नगर्न सम्बद्ध सबैलाई दुवै संगठनले सचेत गराएका छन् ।
त्यसैगरी बिना सबुत र बिना प्रमाण आफ्नै पहिचान समेत नखुलेका व्यक्तिले लेखेका कथालाई समाचारको रुपमा प्रस्तुत गर्ने अनलाइन मिडियालाई सत्य तथ्यका आधारमा मात्रै यस्ता समाचार प्रकाशन गर्न उनीहरुले बिज्ञप्ति मार्फत विशेष ध्यानाकर्षण गराएका छन् ।

दुवै संगठनका अध्यक्षको हस्ताक्षर उक्त विज्ञप्तिमा उक्त टाईपिङ सेवाको वारेमा दुतावास र संचालक बिचको सम्बन्ध, सम्झौता र संचालनका लागि प्रदान गरिएको स्विकृतीका बारेमा आफ्ना संगठनहरु अनभिज्ञ रहेको तर पनि दुतावासमा एमआरपीको लागि आबेदन गर्नको लागि मात्रै औशत रुपमा दैनन्दिन २०० देखि ३००को संख्यामा आउने नेपाली सेवाग्राहीहरुले सहज, सस्तो र सुलभ तरिकाले एमआरपी पासपोर्टको लागि फारम भर्ने सुबिधा प्राप्त गरिरहेका सबैसामु घाम जतिकै छर्लंगै भन्दै नेपाली सेवाग्राहीले प्राप्त गरिरहेको सुबिधाको बिषयमा बिरोधका लागि मात्रै बिरोध गरिरहनु हामी आवस्यक ठान्दैनौं भनिएको छ ।