धुन्चे (रसुवा), ४ असोज । रक्तचन्दनसहित पक्राउ परेका दुई चिनियाँ नागरिकलाई कानुनी प्रक्रियाका लागि जिल्ला वन कार्यालय रसुवामा चलान गरिएको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार वन कार्यालयमा बुझाइएका चिनियाँ नागरिकहरुमा तासी र लिउटाङ रहेका छन् । उनीहरु गत भदौ २१ गते ६४ केजी रक्तचन्दनसहित रसुवागढी नाकामा पक्राउ परेका थिए ।
रक्तचन्दन राखिएको एक चिनियाँ जिपसमेत नियन्त्रणमा रहेको बताइएको छ । ती चिनियाँ नागरिक चढेको मोटर जाँचका क्रममा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र भन्सार कर्मचारीले नियन्त्रणमा लिएको निकुञ्ज कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया