गोरखा, ४ असोज । अठार वर्षदेखि डोजर चलाउँदै आएकी गोरखा बोर्लाङ–४ को मुना घिमिरे (श्रेष्ठ) लाई हेभी इक्वीपमेन्ट व्यवसायी संघले शुक्रबार सम्मान गरेको छ ।
सङ्घको देउराली गाविसस्थित अबुँवामा शुक्रबार भएको तेस्रो अधिवेशनको अवसरमा चालक घिमिरेलाई सम्मानपत्रबाट सम्मान गरिएको हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष सूर्य भण्डारीले जानकारी दिनुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका निवर्तमान जिल्ला अध्यक्ष फणीन्द्र भट्ट र केन्द्रीय अध्यक्ष ताराबहादुर कुँवरले संयुक्तरुपमा उहाँलाई सम्मान गर्नुभएको हो ।
घिमिरे १६ वर्ष हुँदा डोजर चलाउन थाल्नुभएको थियो । त्यो बेला नेपालका अन्य महिलाले डोजर चलाउने अनुमतिपत्र लिएका थिएनन् । रासस















प्रतिक्रिया