३ कार्तिक २०८३, मंगलबार

‘देश टुक्राउन अभियान चलाउन सीके राउतलाई क्षमा दिन सकिन्न’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjunnarsingh-kc

विराटनगर, ४ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रको विखण्डनको अभियान चलाएको अभियोगमा पक्राउ परेका सीके राउतलाई क्षमा दिन नसकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपालप्रति आस्था राख्ने कसैले पनि राउतलाई क्षमा नगर्ने भन्दै यस विषयमा कानुनी प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

फरक प्रसंगमा नेता केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रयास भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

तोकिएको समयमा संविधान निर्माण हुने विश्वास प्रकट गर्नुहुँदै उहाँले राजनीतिक संवाद समितिले विवादित विषयहरुलाई असोज १४ गतेभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने दाबी गर्नुभयो ।

सङ्घीय संरचना र शासकीयस्वरुपको विषयमा विवाद रहेको उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य केसीले जातीय आधारमा राज्यको निर्माण हुन नसक्ने र एक मधेस भौगोलिक दृष्टिकोणले पनि सम्भव नरहेकाले मधेसमा दुई, पहाडमा चार र राजधानीमा एक गरी सात प्रदेशको पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानसभामाथि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।