काठमाडौं, ३ असोज । सशस्त्र प्रहरीका तीन जना डीआईजी एआईजीमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद्ले डीआईजीहरु सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझालाई एआईजीमा बढुवा गरेको हो । सशस्त्रमा लामो समयदेखि तीन डीआईजी पद रिक्त थिए ।
साउन १३ गतेबाट ठाकुर मोहन श्रेष्ठ श्रेष्ठ तथा भदौ १५ गते सुशील श्रेष्ठ र ऋसवदेव भट्टराई बिदा भएपछि सशस्त्रमा पहिलो ब्याचका यी तीन डीआइजीसँगै भीष्मकान्त अर्याल, देवेन्द्र सुब्बा तथा दोस्रो ब्याचका जितबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, नारायणबहादुर थापा, पुष्पराम केसी, दिवाकर केसी र रामशरण पौडेल पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले दोस्रो ब्याचका कसैलाई पनि बढुवा गरेन् ।
















प्रतिक्रिया