२८ आश्विन २०८३, बुधबार

निमा रुम्बा र इन्दिरा जोशीले डिसीमा धूम मच्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5

विजय थापा
भर्जिनिया ।  डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा गायक निमा रुम्बा ,चर्चित गायिका इन्दिरा जोशीसहित नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु र नृत्यांगना पार्वती राईले डीसीको माहोल तताएका छन् ।

लामो समयको प्रतिक्षापछि दर्शकहरुको चाहना पुरा गर्न गायक निमा रुम्बाले आफ्ना चर्चित गीत प्रियसी तथा अन्य ख्यातीप्राप्त गीत गाएका थिए ।

इन्दिरा जोशीले आफ्नो चर्चित उध्रेको मेरो चोली.., अरुण थापाको जति माया लाए पनिलगायतका गीत गाएकी थिइन् ।

पार्वती राईले दर्शक र आयोजकहरुलाई नृत्य प्रदर्शन गरेर मनोरञ्जन दिएकी थिइन ।   दर्शकले उनको नृत्यमा साथ दिएका थिए । दिपक लिम्बुले मेरो माया तथा नाई 4नभन्नु गीत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रमा सोहि दिन ४ वटा कार्यक्रम जुधे पनि कार्यक्रम हेर्न डिसी ,भर्जिनिया र बाल्टिमोरका नेपाली समुदायको भिड रहेको आयोजकले बताए ।
नेपालबाट आएका सबै कलाकारहरुलाई सर्वप्रथम बाल्टिमोरमा कार्यक्रम गर्न पाईएकोमा हर्ष व्यक्त गर्दै कार्यक्रम सफल भएको आयोजक समितिका सदस्य भरत बराईली बताए ।

मनोरंजन कार्यक्रम भएकोले  कार्यक्रममा कुनै भाषण र औपचारिक कार्यक्रम नराखिएकोले कार्यक्रम उत्साहजनक भएको आयोजक समितिका अर्का सदस्य विक्रान्त श्रेष्ठले बताए ।