२८ आश्विन २०८३, बुधबार

नाक नभएकी बालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tesa

तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ, आयरल्यान्डकी एउटी बालिकाको नाक छैन ।

टेसा इवांस नाम गरेकी यी बालिकाको जन्मँदा खेरी नै नाक थिएन । अरहिनिया नामक दुर्लभ रोगका कारण उनको नाक नभएको चिकित्सकहरु बताउँछन् । संसारभर यस्तो रोग लागेका ४७ मानिस रहेको अनुमान गरिएको छ । टेसा सुगन्ध र गन्धबीचको भेद पहिल्याउन सक्दिनन् । यस्तो रोग लागेका मानिसको मानसिक अवस्था पनि कमजोर हुन्छ ।

ग्रेइनी र नाथन इवांस दम्पती छोरीको भविष्यलाई लिएर चिन्तित छन् । किनकि, छोरीको नाकसँगै बायाँ आँखामा पनि समस्या छ । उनको बायाँ आँखाले देख्न सक्दैन । उनी ११ हप्ताको भएका वेला डाक्टरले आँखाको शल्यक्रिया गरेर निको पार्ने कोसिस गरे पनि असफल भए । दायाँ आँखाबाट भने उनी राम्रोसँग हेर्न सक्छिन् । टेसा अहिले १८ महिनाको भएकी छिन् । तर, उनको शरीर उनकै उमेरसमूहका बालिकाको भन्दा सानो छ ।

लन्डनस्थित गेट ओरमन्ड स्ट्रिट हस्पिटलले टेसाका लागि नक्कली नाक बनाउन सकिने जनाएपछि ग्रेइनी र नाथन दम्पती अहिले खुसी छन् ।