१ कार्तिक २०८३, शनिबार

युवा बोलाएर जबर्जस्ती करणी गर्न लगाउने दुई जना प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiमोरङ, ३ असोज । मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकस्थित आग्रह होटलमा किशोरीलाई बन्धक र यौन शोषण गरेको आरोपमा जुनु मगर र दिनेश श्रेष्ठलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक दुर्गा दाहालले इलाका प्रहरी कार्यालय बेलबारीमा पीडित किशोरीले उजुरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

मधुमल्ला–५ की मगरले भदौ २४ गते उक्त होटलसम्म पु–याएको र होटल सञ्चालक श्रेष्ठले युवक बेलाएर यौन सम्पर्क गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ ।

प्रहरी निरीक्षक दाहालले किशोरीलाई कोठामा थुनी जबर्जस्ती होटलमा ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउने गरेको पाइएको बताउनुभयो ।

अभियुक्त श्रेष्ठ र मगरले लामो समयसम्म यौनधन्दासमेत चलाइरहेको प्रहरी निरीक्षक दाहालको भनाइ छ ।

पीडित युवतीले सातदिनयता आफूलाई कोठामा थुनी बन्धक बनाएको र युवा बोलाएर जबर्जस्ती करणी गर्न लगाएको बताइन् ।