काठमाडौं, ३ असोज । प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका भ्रमण जानुअघि संसद खुलाउन गरेको प्रयास बिफल भएको छ ।
दलहरुबीच सहमति हुन नसकेपछि एमाओवादीसहितका विपक्षी दलहरुले शुक्रबार पनि संसद बैठक अवरुद्ध पारेका छन् । संसद बैठकमा बोल्दै एमाओवादी सभासद जनार्दन शर्माले सदन सुचारु नगरी प्रधानमन्त्री सुशील कोइराला अमेरिका जाँदा मुलुकको बेइजत हुने बताए ।
यसअघि अवरुद्ध संसद खुलाउने विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको विपक्षी दलहरु आवद्ध गणतान्त्रिक मोर्चासहितको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
विपक्षी दल भने उच्चस्तरीय राजनीति संयन्त्र गठनलगायतका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने अडानमा छन् ।
















प्रतिक्रिया