३ कार्तिक २०८३, मंगलबार

तेश्रोलिंगी अन्जलीलाई केटाबाट केटी बनाउने अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anjali-documentary

काठमाडौं, ३ असोज । नेपाली समाजले परिवर्तनका किस्साहरुलाई आत्मसाथ गरिरहेको छ । यस्तो अवस्थामा लुकेर बस्न बाध्य भएका तेश्रो लिंगी समुदायको हकहितका आवाज पनि त्यतिकै उठ्न थालेका छन् । यहि क्रममा सञ्चारकर्मी मोहन राईले तेश्रो लिंगी अन्जली लामाको बिषयमा एक डकुमेन्ट्री तयार गरी अन्जलीलाई ‘पूर्ण केटी बनाउने अभियान’ सुरु गरेका छन् ।

टान्सजेन्डर अन्जली लामाको स्तन महिलाको जस्तो बनिसकेको छ भने योनी परिवर्तन गर्ने उनको चाहाना अधुरै छ । योनी परिवर्तनका लागि दशौ हजार डलरको आवश्यता उनलाई परेको छ, जुन अभियानमा सहयोग पु-र्याउन निर्देशक राईले डकुमेन्टीको साहारामा अन्जलीका कथाब्यथा बाहिर ल्याउने प्रयाश गरेका हुन् ।

anjali-documentary1

नुवाकोटको विकट एउटा गाँउमा जन्मिएर एसएलसी पार्स गर्न सफल टान्सजेन्डर बिष्णु वाईवा उर्फ अन्जली लामाको संघर्षको कथा हेर्न बिहिबार पूर्वमिस नेपालहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर रेड कार्पेटमा हिरोइन ऋचा शर्मा र केकी अधिकारीलगायतको उपस्थित थियो भने अभिनेता शिव श्रेष्ठदेखि लिएर निर्देशक दीपक श्रेष्ठसम्म सहभागी थिए ।

अन्जलीलाई ‘केटी बनाउने अभियान’मा साथ दिन नर्वेजियन ऐम्बेसी, ब्लु डाईमण्ड सोसाईटी, मिलवे फिल्मस र माउन्टेन रिभर फिल्मसको सहयोग रेडकार्पेट प्रिमियर शो देखिएको थियो । निर्देशक राईले डकुमेन्ट्रीको सार्वजनिक प्रर्दशन गरी संकलन भएको रकमबाट अञ्जलीको सपना पूरा गर्ने योजना रहेको बताए ।