३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले राष्ट्रघातको नयाँ अध्याय सुरु गरेः नारायणकाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji_Shrestha

काठमाडौं, ३ असोज । राष्ट्रिय हित विपरीत माथिल्लो कर्णालीमा पीडीए गर्नु हुँदैन भन्ने अडान राख्दै आउनु भएका एमाओवादी उपाध्यक्ष सरकारसँग रुष्ट बन्नु भएको छ ।

उहाँले राष्ट्रिय हित विपरित पीडीए गरेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले संसदको अवरोध खुलाउने बारेमा छलफल गर्न बालुवाटारमा शुक्रबार बिहान बोलाएको बैठक समेत बहिस्कार गर्नुभयो ।

बैठक बहिस्कार गर्नुभएका श्रेष्ठले प्रधानमन्त्रीलाई राष्ट्रघातको नयाँ अध्याय सुरु गरेको आरोपसमेत लगाउनुभएको छ ।

उहाँले प्रधानमन्त्री कोइरालालाई राष्ट्रिय सहमति गरेर नयाँ युगको सुरुवात गर्छु भनेर राष्ट्रघातको नयाँ अध्याय सुरु गरेको समेत आरोप लगाउनु भयो ।

माथिल्लो कर्णालीमा विश्वकै सस्तो आयोजनालाई महंगोमा सम्झौता गरी राष्ट्रघात गरेको उहाँको भनाई छ ।