३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला अमेरिका जाँदै, स्वास्थ्य उपचार पनि गराउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, ३ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघीय कुम्भमेलामा भाग लिन शुक्रबार न्यूयोर्क प्रस्थान गर्ने भएका छन।

नेकपा–माओवादी सहितको सर्वपक्षिय राजनीतिक भेला हुन नसके पछिको राजनीतिक तिक्तता बोकेर अन्तराष्ट्रिय समुदायको बर्षेनि हुने उक्त सम्मेलनमा भाग लिन जान लागेका हुन् ।

उनी संयुक्त राष्ट्रसंघको ६९ औ महासभामा सहभागी हुन २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्नेछन । सकारात्मक र दिगो शान्ति तर्फ मुलुक अघि बढेको जानकारी दिन राजनीतिक दलको माग समेत पुरा गरेर अघि बढ्न लागेका थिए ।

तर वैद्यजीहरुले धोका दिएकोमा यस्तो तिक्त अनुभव लिएर आफू राष्ट्रसंघ जान लागेको उनले निकटस्थलाई सुनाइरहेका छन् । महासभामा यहाँबाट १५ र न्यूयोर्क तथा जेनेभानियोगबाट छ जना सदस्य सहभागी हुनेछन् ।

उनले न्यूयोर्क जाने क्रममा युनाईटेड अरब इमिरेट्सको अबुधावीमा अरब मुलुकमा रहेका नेपालका राजदूत तथा कार्यबाहकहरुलाई बोलाएर त्यहाको समस्या बुझ्ने र निर्देशन दिने कार्यक्रम छ ।

सम्वोधन कार्यक्रम शनिबारको लागि अबुधावी स्थित नेपाली दूतावासले तयारी गरेको छ ।  सार्कको निमन्त्रणा लिएर माल्दिभ्सबाट श्रीलंका पुगेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे पनि शुक्रबार अवुधावी पुग्नेछन् ।

प्रधानमन्त्री कोइराला नेतृत्व टोली अबुधावीमा संवोधन गरेर सोही दिन न्यूयोर्कप्रस्थान गर्नेछन् । आइतबार न्यूयोर्क पुग्ने र सोमबार स्वास्थ्यको परिक्षण गराएर उनी राष्ट्रसंघको बैठकहरुमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री कोइरालाले राष्ट्रसंघको महासभामा विश्व समुदायलाई दुई छिमेकसँगको सम्वन्ध नै नेपालको उच्च पंथमिकतामा रहेको बताउने छन् । माहासभामा असोज १० गते विश्व समुदायलाई सम्वोधन गर्दै उनले त्यस्तो बताउन लागेका हुन।

सर्वपक्षीय भेलाको सकारात्मक सन्देश लिएर उनले विश्वसमुदायलाई नौलो सन्देश समेत दिने तयारी गरेका थिए । तर त्यो हुन नपाएकोमा उनी दुखी बनेर राष्ट्रसंघ जान लागेका छन् ।

छिमेकसँगै तेस्रो विश्वसँग पनि उत्तिकै घनिष्टता राख्ने सन्देश उनले त्यहा दिने उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले बताए । उनले राष्टसंघमा विश्व राजनीतिक परिवेशको बारेमा नेपालको धारणा समेत राख्ने भएका छन् ।

यसबारेमा उनले अन्य दलका नेताहरुसंग समेत छलफल समेत उनले गरिसकेका छन् । उनले स्थायी शान्तिका लागि नयाँ संविधान जारीको अन्तिम प्रक्रियामा रहेको सन्देश अन्तराष्ट्रिय समुदायलाई दिदै तोकिएको समयमा संविधान जारी हुने बताउने छन ।

प्रधानमन्त्री अमेरिकी राष्ट्रपति बाराक ओवामाले दिने रात्रिभोजमा सामेल हुने र उनीसंग पनि संक्षिप्त कुराकानी गर्नेछन् ।

उनले त्यहाँ राष्टसंघ महासचिव बान कि मुनसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रधानमन्त्रीले दक्षिण एसियाका राष्ट्र एवं सरकार प्रमुखहरुसंग पनि साइडलाइनमा भेट्ने कार्यक्रम छ । उनका साथमा  परराष्टमन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई, परराष्ट्रका कामु सचिव शंकरदाश बैरागी, राष्ट्रसं्रघ महाशाखा प्रमुख दिपक धिताल, शिष्टाचार महापाल, केही परराष्ट अधिकारी, चिकित्सक र सुरक्षा रहनेछन ।

उनले राष्ट्रसंघमा जलबायु परिवर्तन सम्वन्धी र पिछडिएका तथा आदिबासीहरुको विषयमा हुने सम्मेलनमा समेत भाग लिने कार्यक्रम छ । उक्त महासभाको साइडलाइन सार्कको विदेश मन्त्री स्तरीय बैठक समेत हुने हुनाले परराष्टमन्त्री पाण्डे उक्त बैठकमा सहभागि हुनेछन् ।