२८ आश्विन २०८३, बुधबार

खेलाडीको गुप्तांग झल्किने पहिरनले हंगामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cycle-colombiya2

राष्ट्रिय महिला खेलाडीको गुप्तांग झल्किने पहिरन कोलम्बियामा हंगामा भएको छ ।

कोलम्बियाको महिला साइकल टोलीले विवादास्पद खेल पहिरन सार्वजनिक गरेका हुन् । आफ्ना पुरुष समकक्षी खेलाडीहरुको सिको गर्दै उनीहरुले पनि यो पहिरन सार्वजनिक गरेका हुन् ।

सन् २०१० मा गुप्तांगको आकार झल्किने पहिरनका कारण त्यहाँको पुरुष साइकल टोली विवादमा फसेको थियो ।

पहिरन मानिसको जिउको रङसँग ठ्याक्कै मिल्छ । जहाँ गुप्तांग हुने क्षेत्रमा साँच्चिकै गुप्तांगकै आकार झल्काइएको छ । यो पहिरन लगाएका महिला साइक्लिस्टलाई झ्वाट्ट हेर्दा उनीहरु निर्वस्त्र छन् जस्तो लाग्छ ।

राष्ट्रिय महिला साइकल खेलाडीहरुको यो हर्कतले विश्व साइकल खेलमै तरंग उत्पन्न गरिदिएको छ । अन्य देशका विश्वस्तरीय साइकल खेलाडीहरुले यस्तो कृत्य नस्वीकार्ने बताएका छन् । अन्तराष्ट्रिय साइकल युनियनले पनि कोलम्बियाली साइकल टोलीको आपत्तिजनक पहिरनको आलोचना गर्दै यसलाई नस्वीकार्ने बताएको छ ।