१ कार्तिक २०८३, शनिबार

पनिकाको लापरबाहीः नियमिततर्फकै एसएलसीमा उत्तीर्ण निशा पूरक परीक्षामा पनि फेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panikaगोरखा, २ असोज । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७० सालमा लिएको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा लापरबाहीपूर्ण तरिकाले प्रकाशन गरेको पाइएको छ ।

गोरखा सदरमुकामको शक्ति उमावि केन्द्रबाट नियमिततर्फ एसएलसी परीक्षामा सामेल भएकी महेन्द्रज्योति उमावि दरबारमार्गकी छात्रा निशा खनखवासको नतिजा

प्रकाशनमा लापरबाही भेटिएको हो ।
पनिकाले जारी गरेको समष्टिगत कम्प्युटर सूची (मार्क लेजर) मा उनलाई अनिवार्य गणित विषयमा अनुत्तीर्ण देखाएको थियो । त्यसपछि निशाले गणित विषयको पूरक परीक्षा दिइन् ।

०३८३२२८ (जेड) सिम्बोल नम्बर र ७०३८०३००१५ रजिष्ट्रेशन नम्बर रहेको उनको नतिजा गत भदौ २२ गते जारी गरेको मार्क लेजरमा पनि नआएपछि अभिभावकले विद्यालयका प्राचार्यलाई गुनासो गरे ।

सम्बन्धित केन्द्राध्यक्षले छात्रा निशा प्रवेशिका परीक्षामा सहभागी भएको सिफारिसपत्र बनाइदिएपछि अभिभावक दिनेश खनखवास शिक्षा कार्यालयले बनाइदिएको अर्को सिफारिसपत्र लिएर परीक्षा नियन्त्रण केन्द्र आए र ‘नजिता प्रकाशित गरिपाउँ’ भन्ने निवेदन दिए ।
उनले आफ्नी छोरी नियमिततर्फकै एसएलसीमा उत्तीर्ण भएको दिनेशले थाहा पाए ।

‘पहिलेकै परीक्षाफल प्रकाशनमा छोरी पास भएकी रहिछे,’ दिनेशले भने – ‘गणितमा ४८ नम्बर आएको रहेछ ।

परीक्षाफल प्रकाशनमा फेल देखाएर त्यसै दुःख दिइयो ।’ रासस