अनिल खत्री
गुल्मी, २ असोज । वर्षौदेखि जोखिमपुर्ण यात्रा गर्दे आएका गुल्मीका जनताको राहतको महशुस गरेका छन् । नेपाली सेनाले साढे ८ किलोमिटर सडकमा रहेकोे चट्टान हटाएर निमार्ण कार्य सम्पन्न गरेसँगै यहाँका जनताले राहत महशुस गरेका हुन् ।
नेपाली सेनाले गत जेठ १ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । ‘अब यात्रुहरूलाई धेरै सहज हुने छ,’ भुवाचिदिका स्थानीय व्यापारी ज्ञानहरी सापकोटाले भन्नुभयो ।
सडक निर्माणसँगै गुल्मीको क्षेत्र नम्बर एकका सबै २५ गाविस र क्षेत्र नम्बर दुईका १५ गाविसका उपभोक्ताहरू लाभाम्भित भएका छन् ।
सडक डिभिजन कार्यालय पाल्पा मार्फत ५ करोड ८० लाखमा नेपाली सेनाले उक्त बाटो चौडा पार्ने जिम्मा लिएको थियो ।
२०४५ सालमा पहिलो पटक ट्रयाक्टर पुगेको उक्त सडकमा भर्खर मात्र गाडी गुड्ने अवस्था बनेको हो ।
‘बल्ल यस भेगका जनताले राहातको अनुभुति गर्न पाए,’ रिडि रुद्रावेनी वामीटक्सार मोटरबाटो उपभोक्ता समितिका सदस्य पारिश्वर ढकालले भन्नुभयो ।
वामीटक्सार हुँदै बाग्लुङ पुग्न सकिने भएकाले पनि यसलाई जिल्लाको महत्वपूर्ण सडक मानिएको छ ।
यो सडकमा हरेक दिन २२ वटा जीप र ३६ वटा बस चल्छन् । ट्रक तथा निजी सबारीहरू गरी एकै दिनमा यस सडकमा झण्डै दुई सय सबारी गुड्छन् ।
गुरू गोरख गुल्मका मेजर शिव शंकर बनले नेपाली सेनाले ठूलो मेहनत गरेर उक्त बाटो बनाएको बताउनुभयो । गुल्मी यातायात ब्यवसायी सघंका अध्यक्ष झकबहादुर मिदुनले पनि सडक निर्माणसँगै यात्राका लागि सहज भएको बताउनुभयो ।
















प्रतिक्रिया