काठमाडौं, २ असोज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया शाखाले सुनकोशी बाढीपीडितलाई एक लाख रुपैंया सहयोग रकम हस्तान्तण गरेको छ ।
बिहीबार फोनिज कोरियाका कार्यसमिति सदस्य नोगेन नेम्बाङले फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
फोनिजको केन्द्रीय कार्यालय अनमनगरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष डण्ड गुरुङले फोनिज शाखा कोरियाले गरेको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो ।
‘फोनिज कोरियाको सकृयता र सहयोगका लागि फोनिज कोरियाका सबै साथीहरुलाई धन्यबाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘फोनिज कोरियाबाट प्राप्त रकम छिट्टै सुनकोशी बाढीपीडितसम्म पु¥याउने छौँ ।’
सहयोग रकम हस्तान्तरण कार्यक्रममा फोनिज महासचिव गजुरधन राई, सचिव मनोज घर्तीमगर लगायत फोनिज सदस्यहरुको उपस्थिती थियो ।














प्रतिक्रिया