२८ आश्विन २०८३, बुधबार

तेरियाले युएईमा आफ्नो प्रस्तुति देखाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

17 त्रिलोचन कोइराला युएई । आदिवासी जनजाति महासंघ युएइले लिटिल मास्टरकी बिजेता तेरिया फौजा मगरको विशेष प्रस्तुतिसहित सांस्कृति कार्यक्रम गर्ने अन्तिम तयारी गरको छ ।

आयोजकले दुबईको याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । आजोजकले दिएको जानकारी अनुसार सेप्टेम्बर १८ तारिक बिहीबार आबुधाबीमा रहेको केरेला सोसियल सेण्टर अबुधावी र सेप्टेम्बर १९ तारिक शुक्रबार दुबईको शेख राशिद अडिटोरीयममा कार्यक्रम आयोजना हुने भएको छ । पत्रकार सम्मेलनमा डिआइडी लिटिल मास्टरकी बिजेता तेरिया फौजा मगर, नोभेम्बर रैनकी नायिका छुल्थिम डोल्मा गुरुङ, भारतीय च्यानल जिटिभीको प्रतिनिधि प्रभा, तेरियाका आमा–बुवा समेतको उपस्थिती थियो ।

16

युएईमा नेपालीहरुले अहिलेसम्मकै सबै भन्दा बढी रकम खर्च गरेर यो कार्यक्रम गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उक्त कार्यक्रममा दर्शक पनि अहिलेसम्मकै बढी उपस्थित हुने आयोजकको अपेक्षा छ । २० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा हुने भनिएको कार्यक्रम तेरियाको राहदानी समस्याको कारण अक्टोबर २९ तरिकाको कार्यक्रम स्थगित भएको थियो ।