२८ आश्विन २०८३, बुधबार

बर्दियाका बाढी–पहिरो पीडितलाई टेक्सासका नेपालीको ३ लाख बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14

विकाशराज न्यौपाने
अमेरिका । कर्ण दासले धेरै वर्ष पहिला गाएको ‘जिन्दगी को के भरोसा’ बोलको गीत जस्तै भएको छ पश्चिम नेपालका जनताको अवस्था पनि । हो, केही समय पहिला आएको भिषण बाढी–पहिरोबाट पीडित नेपाली दिदी–बहिनी दाजु–भाईहरुको त्यो पीडालाई केही हदसम्म भएपनि मल्हम लगाउने काम गरेका छन् । अमेरिकामा बसोवास गर्ने नेपालीले ।

त्यही पीडामा मल्हम लगाउन सानै भएपनि सहयोग गरौँ भन्ने प्रयासले ‘डेभ्लप्मेन्ट फर पिस टेक्सास’ का केही सहयोगी हातहरु उठेका छन् र त्यसमा सहयोग गरेको छ । ड्यालस एभरेस्ट लायन्स क्लब र अन्य केही संस्थाले ।

त्यही सहयोगी हातले ३ हजार ४०० डलर अर्थात नेपाली ३ लाख २५ हजार ७०० रुपैंया उठाए ।

अनि त्यो रकम बर्दिया जिल्लाका बाढी पीडितका लागि गठित उद्धार समितिको सहयोगमा स्थानीय सहयोगी प्रणेश ढकाल र लिटरेसी नेपालका मणिराज चौलागाईले बर्दियाको पदनाहा क्षेत्रका करिव १००० बाढी पीडितलाई करिब १३ दिनका लागी दाल, चामल र तेल वितरण कार्यक्रम सम्पन्न गरे ।

15

उक्त मानवीय कार्यका लागि सहयोग गर्ने प्रविण ढकाल, रमेश पोखरेल, रामचन्द्र पोखरेल, तथा नमस्ते यूएस डटकम सहित प्रत्यक्ष स्थलगत सहयोग गर्नुहुने प्रणेश ढकाल र मणिराज चौलागाईलाई सहयोगको लागि विशेष धन्यबाद ज्ञापन गरेको छन् बर्दियाको पदनाहा क्षेत्रका स्थानीय बासीहरुले ।

यस मानवीय कार्यका लागि ड्यालस एभरेस्ट लायन्स क्लब , सबिता न्यौपाने, केशव श्रेष्ठ, दिपक खरेल, दिनेश मैनाली, मोहन सेढाई, सन्जिब श्रेष्ठ, गौरी जोशी, दिनेश शर्मा, उत्तम लामिछाने, बिशाल बिष्ट, बिनोद लामिछाने, राजेन्द्र भट्टराई, दिपक सिलवाल, कृष्ण आचार्य, इरा आचार्य, भगवती पौडेल, अनुपा अधिकारी, हरिबोल भण्डारी, ज्योति ओझा, सिता सापकोटा, पवन पोखरेल, डा.मुरली अधिकारी, डा. शेखर पण्डित, महेश भट्टराई, भूवन आचार्य, बलराम पौडेल, आशिष भण्डारी, भानु खरेल, अहमद विरानी, आमिर खान, सुशिल संग्रौला, पुरुषोत्तम सिलवाल, संजय मुखिया, सन्देश उप्रेती, बिनय अर्याल, सन्जिब श्रेष्ठ र सान हुडा रहनुभएको छ ।