काठमाडौँ, २ असोज । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीपरिषद पुर्नगठनको तयारी गरेको भनी केही सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचार सत्य नभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले विज्ञप्ति जारी गरी त्यस्तो जानकारी गराउनु भएको हो ।
‘मौजूदा मन्त्रिपरिषदमा हाल कुनै फेरबदल भएको छैन्,’ अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘सञ्चारकर्मी मित्रहरुमा निराधार, अपुष्ट र प्रमाण बिनाका समाचारले भ्रम मात्र सिर्जना गर्ने यथार्थप्रति ध्यान दिन अनुरोध गर्दछु । ’
















प्रतिक्रिया