१ कार्तिक २०८३, शनिबार

मन्त्री हेरफेर गरिएको छैन : प्रधानमन्त्री कार्यालय (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, २ असोज । प्रधानमन्त्री कार्यालयले मन्त्री हेरफेर नभएको स्पष्ट पारेको छ ।

केही सञ्चार माध्यमले बिहीबार मन्त्रिपरिषद् हेरफेर गरेको समाचार प्रकाशितरप्रसारित गरेपछि प्रधानमन्त्री कार्यालयले त्यसको खण्डन गरेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले विज्ञप्ती जारी गरी मौजुदा मन्त्रिपरिषद्‌मा कुनै फेरबदल नभएको स्पष्ट पारेका छन् ।

‘केही सञ्चार माध्यममा प्रकाशित र प्रसारित मन्त्रिपरिषद्मा फेरबदलको समाचारमा प्रधानमन्त्री कार्यालयको ध्यान आकृष्ट भएको छ। मौजूदा मन्त्रिपरिषदमा हाल कुनै फेरबदल भएको छैन्। सञ्चारकर्मी मित्रहरुमा निराधार,अपुष्ट र प्रमाण बिनाका समाचारले भ्रममात्र सिर्जना गर्ने यथार्थप्रति ध्यान दिन अनुरोध गर्दछु।’ कोइरालाका प्रेस संयोजक अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डा. मिनेन्द्र रिजाललाई संचारमन्त्रीबाट हटाइ उनको ठाउँमा आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र प्रसाद बडूलाई विना विभागीय र सूर्यमान गुरुङलाई सहकारी मन्त्री बनाइएको समाचार सार्वजनिक भएको थियो ।

Press-Release

यो पनि पढ्नुहोस् :
काँग्रेस मन्त्रीको पद खुस्किने भएपछि…