३० आश्विन २०८३, शुक्रबार

सडक त बन्यो, गाडी चल्दैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakसुर्खेत, २ असोज । गणेशबहादुर खड्का स्थानीय विकास राज्यमन्त्री हुँदा विशेष बजेट शीर्षकअन्तर्गत दैलेखको ग्रामीण सडकका लागि ७६ लाख रुपियाँ आयो ।

जिल्ला विकास समितिसँग आर्थिक वर्ष २०६६–६७ को अन्ततिर आएको बजेट सक्नुको विकल्प थिएन । ठाउँ ठाउँमा डोजर लगाएर नयाँ सडक खनियो । त्यसरी खनिएका एउटै सडक अहिले सञ्चालनमा आएका छैनन् । बरु ती सडकले बस्तीले पहिरोको जोखिम बढाएका छन् ।

तिनैमध्ये एउटा हो सेरी पातिकाल्ला सडक । जिविस स्रोतकाअनुसार ६ किलोमिटर लामो सडक ट्रयाक खोल्न ३५ लाख रुपियाँ खर्च भएको थियो ।

‘डोजरले सडक त खन्यो, तर अहिले त्याहाँ गाडी गुड्नु टाढाको कुरा, मान्छेसमेत हिड्न डराउँछन्,’ स्थानीय चक्रबहादुर खत्रीले भने । जथाभावी खनिएकोले बर्खामा सडका अधिकांश ठाउँमा पहिरो गएको उनले बताएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

मध्यपहाडी लोकमार्गको जम्मुकाँध खण्डमा पनि विकासका नाममा ‘नौटङ्की’ भएको छ । तत्कालिन सभासद राजबहादुर शाहीको दबाबमा चौतारो भन्ने ठाउँमा पुग्नुपर्ने सडक गाविसका विभिन्न वडा घुमाएर लाम्बेतान पारियो ।

यसले सडकको लम्बाई मात्र बढाएको छैन, सडक खन्ने नाउँमा गाउँभरि डोजर धसाइँदा स्थानीयका खेतबारी पहिरोले सखाप पार्यो ।

राजनीतिक दबाबमा सडक खन्ने नाममा जथाभावी डोजर एक्साभेटरजस्ता भारी उपकरण प्रयोग गरिदा त्यसले विकासभन्दा विनास बढाएको छ ।