३० आश्विन २०८३, शुक्रबार

नेपाल अलकायदाको प्रभावमा पर्ने प्रहरी निष्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_policeकाठमाडौं, २ असोज । नेपाल प्रहरीले इस्लामिक मुलुकहरुमा आतंकवादी गतिविधि सक्रिय रहेको भन्दै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने ठहर गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी प्रहरी उच्च अधिकारीहरुले सम्भावित सुरक्षा खतरा औल्याउने क्रममा सो ठहर गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का अनुसार खाडी मुलुकमा भइरहेको आतंककारी गतिविधिलाई गम्भीर ढंगले विश्लेषण गरिएको छ ।

ती एआईजीका अनुसार गोष्ठीले खाडी मुलुकमा देखिएको आतंककारी गतिविधि र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने र सार्क शिखर सम्मेलनसमेत प्रभावित हुन सक्ने भएकाले अहिलेदेखि नै प्रहरीले कार्ययोजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निष्कर्ष निकालेको छ ।

‘सम्भावित सुरक्षा चुनौतीको क्रममा इस्लामिक मुलुकहरुमा देखिएको आतंकवादी गतिविधिबाट नेपालमा पनि थ्रेट हुनसक्छ भन्ने निष्कर्ष निकालिएको छ,’ ती एआईजीले भने ।

नेपाल प्रहरीले दुई दिनसम्म क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख र काठमाडौंमा रहेका वरिष्ठ अधिकृतहरुको बैठक बोलाएको समाचार आजको राजधानी दैनिकले छापेको छ । सो बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन नजिकँदै गर्दा सुरक्षाका लागि उच्च सतकर्ता अपनाउने विषयमा पनि छलफल भएको थियो ।