३ कार्तिक २०८३, मंगलबार

माओवादीले पाँच–पाँच मिनेट बोल्ने गोलमेच सम्मेलन खोजेको होइनः वैद्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhyaकाठमाडौँ, १ असोज ।  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूले बहिस्कार गरेको संविधानसभामा ल्याप्चे लगाउनु पर्ने भएकाले सर्वपक्षीय गोलमेच सम्मेलन बहिस्कार गरको बताउनुभएको छ ।

‘विधि र मोडालिटीका बारेमा कुरा मिल्न नसकेकै कारण हामी सर्वपक्षीय राजनीतिक सम्मेलनमा भाग लिन नगएका हौँ,’ माओवादीको नेवाः तथा ताम्सालिङ् राज्य स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधवार कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा उद्घाटन गर्दै उहाँले भन्नुभयो ।

उहाँले सर्वपक्षीय राजनीतिक सम्मेलन बारे सञ्चार माध्ययममा फरक ढंगले  समाचार आएको भन्दै सञ्चार माध्ययमको आलोचना गर्नुभयो  ।

‘तपाईहरु श्रमजीवी पत्रकारहरु हो, तर तपाईहरुका मालिकहरु अर्कै हुनुहुन्छ भन्ने लाग्छ,’ वैद्यले पत्रकारहरुसँग भन्नुभयो– ‘‘दुःख नलागोस, हाम्रा भनाइहरुलाई जुन रुपले प्रस्तुत गर्नुपर्ने हो, त्यो रुपले प्रस्तुत गरिएन ।’

संविधानका अन्तरवस्तु र विषयवस्तुका विषयमा पहिले नै राजनीतिक सहमति गर्नुपर्ने तथा सर्वपक्षीय राजनीतिक सम्मेलनलाई अधिकार सम्पन्न बनाउने भन्नेमा नेकपा–माओवादीको जोड रहेको उहाँले दाबी गर्नुभयो ।
पाँच–पाँच मिनेट बोल्न दिने र झारा टार्ने काम गर्न खोजेको उहाँको आरोप थियो ।