२८ आश्विन २०८३, बुधबार

बडा दशैंको अवसरमा दुबईमा बनभोज कार्यक्रमको आयोजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dubai-parbasi-manchउत्तम अधिकारी
दुबई ।   नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा प्रवासी नेपाली मञ्च यूएईले दुबईमा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
दुबईको जाबिल पार्कमा सेप्टेम्बर २६ शुक्रवारका दिन रास्ट्रिय पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदानसहित मञ्चले मनोरन्जात्मक बनभोज कार्यक्रम आयोजना गर्न लागेको हो ।

दिउँसो २ बजेबाट शुरु हुने उक्त बनभोज कार्यक्रममा नेपाली परिकारका साथै रमाईला खेल र लोकदोहोरी गीतहरु समेत समावेश गरिएको कार्यक्रम संयोजक पुरुषोत्तम सुबेदीले जानकारी दिन’भयो ।

मञ्चले हरेका वर्ष आयोजना गर्दै आइरहेको दशैंको बनभोजलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

रास्ट्रिय एकता, सद्भाव र भाइचाराको प्रतिकको रुपमा रहेको दशैं पर्व मिलिजुली मनाउनका लागि बिगत झैं यस बर्ष पनि बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष  प्रकाश कोइरालाले  जानकारी दिन’भयो ।

कार्यक्रममा आउन जान सजिलोका लागि अत्याधिक नेपाली श्रमिकहरु रहेका आबुधाबी र अलऐन शहरबाट यातातातको व्यबस्था समेत मिलाइएको आयोजक संस्थाले बताएको छ ।

न्युनतम शुल्कमा प्रवासी श्रमिकहरुलाई यथेष्ट मनोरन्जन प्रदान गरिने मञ्चले जनाएको छ ।
घर परिवारबाट टाढा रहेका प्रवासी नेपालीहरु चाडबाडका बेलामा यसैपनि विक्षिप्त हुने भएकाले सामुहिक रुपमा दशैं मनाउदा मन प्रफुल्लित हुने भएकाले यूएईवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागि हुन् आयोजकले अनुरोध गरेका छन् ।