२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशन डिसेम्वर १८ र १९ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-1दोहा । प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशन आगामी डिसेम्वर १८ र १९ मा हुने भएको छ ।

१२ सेप्टेम्वरमा बसेको मञ्चको १२ औं पुर्ण वैठकले उक्त निर्णय गरेको हो ।
चौथो अधिवेशन मुल आयोजक समिति मञ्चका अध्यक्ष दिलकिरण खजुम लिम्वुको अध्यक्षतामा राष्ट्रिय कमिटीका पदाधिकारी, सचिवालय सदस्य राष्ट्रिय कमिटीका सदस्य र सल्लाहकार परिषदका

पदाधिकारी तथा सल्लाहकार सदस्यहरु रहेको समिति गठन गरेको छ ।

मञ्चको चौथो अधिवेशनलाई व्यवस्थित गर्न विभिन्न जिम्मेवारीहरु वाँडफाँड गरेको छ । मञ्चको अधिवेशनको प्रचार–प्रसारका सम्वन्धमा प्रचार विभागलाई जिम्मेवारी दिएको छ ।

आर्थिक व्यवस्थापनका लागि आवश्यक कार्ययोजना तयारी गर्न आर्थिक विभागलाई जिम्मेवारी दिएको छ ।

मञ्चले विगत ७ वर्ष देखि प्रकाशन गर्दै आएको मुखपत्र प्रकाशनका लागि प्रचार–प्रसार विभाग प्रमुख छविलाल प्यूठानीलाई आवश्यक जिम्मेवारी दिएको छ ।

त्यस्तै गरी हल व्यवस्थापनका लागि उपाध्यक्ष चानक पोखरेललाई जिममेवारी दिएको छ ।
अधिवेशन सम्वन्धि थप जिम्मेवारीहरु सचिवालयले निर्णय गरेर जिम्मेवारी दिने कुरा मञ्चका अध्यक्ष दिल किरण खजुमले जानकारी दिनुभयो ।