१ कार्तिक २०८३, शनिबार

पत्रकारको नाम सुन्ने वित्तिक्कै किन तर्सिन्छन लोकमान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LOK_MAN_SINGH_KARKIकाठमाडौँ, १ असोज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएदेखि नै सञ्चारकर्मी देखेपछि तर्सिने अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संविधानसभा अन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठकमा त्यही प्रवृत्ति दोहा¥याएका छन् ।

अख्तियारले विभिन्न सरकारी कार्यालयमा हुने घुसखोरीका घटनामा सक्रियता बढाए पनि साना कर्मचारीलाई समातेर ठूलालाई उन्मुक्ति दिएको भन्दै सभासदले प्रश्न उठाएपछि कार्कीलाई

त्यसको जबाफ दिनका लागि बुधवार समितिमा बोलाइएको थियो ।

कार्की समितिको बैठकमा उपस्थित हुने भएपछि बैठकस्थलमा पत्रकारलाई प्रवेश निधेष गरिएको हो  ।

कार्की आउने भनेपछि सञ्चारकर्मीहरुको समिति परिसरमा बाक्लो उपस्थिति थियो ।

तर, समिति सचिव जीवराज बुढाथोकीले पत्रकारलाई निषेध गरिएको भन्दै बाहिर लखेटेका थिए ।

बुढाथोकीले पछि बोलाउने भन्दै पत्रकारलाई बाहिर निकालेका थिए । पत्रकारहरु पनि समाचार संकलनका लागि तयारी अवस्थामा थिए ।

तर, पछि फोटो पत्रकार र टेलिजिभनका क्यामेरा पर्सनहरुलाई केही मिनेटका लागि मात्र बैठक स्थलमा प्रवेश दिइयो  ।

समाचार संकलनका लागि पुगेका पत्रकार भने त्यहाँ जिल्लाराम परे ।

पत्रकारलाई रोक लगाउने भए फोटो पनि खिच्न नजाने भनेर फोटो पत्रकार र टेलिजिभनका क्यामेरा पर्सनहरुसहितका पत्रकारले अडान लिएपछि समिति सभापति शेरधन राईले पत्रकारलाई भित्र आउन निर्देशन दिए ।

तर, सभासद अर्जुननरसिंह केसीले बोल्दै गर्दा सभापति राई र सचिव बुढाथोकीले पत्रकारलाई बाहिर निकाल्न मर्यादा पालकलाई आदेश दिए । र पत्रकारलाई जबर्जस्ती बाहिर निकालियो ।

अख्तियार प्रमुख लोकमानले आफूलाई बोलाइएको बैठकमा पत्रकारलाई प्रवेश दिइएको भन्दै झोक्किएपछि राईले पत्रकार निकाल्न निर्देशन दिएको
स्रोतको भनाई छ ।

यस बारेमा समितिका सदस्य समेत रहेका अजुर्ननरसिंह केसीसँग सम्पर्क गर्दा उहाँले त्यसरी पत्रकार नै लखेट्ने प्रवृत्ति उचित नभएको जानकारी दिनुभयो ।

‘अख्तियार प्रमुखसँग सैद्धान्तिक विषयमा छलफल भइरहेको थियो, छलफलमा मैले सबैभन्दा पहिला भनाई राखेको थिएँ,’ उहाँले भन्नुभयो, ‘मैले भनाई राखिरहेका बेला पत्रकारलाई बाहिर लखेट्ने काम भएछ, मैले पत्तो नै पाइन् ।’

उहाँले तल्लो तहका कर्मचारीलाई मात्र समात्ने काम भएको र ठूला भ्रष्ट्रचारीलाई उन्मुक्ति दिने गरेको विषयमा आफुले अख्तियार प्रमुखलाई धारणा राखेको बताउँनुभयो ।

तर, अख्तियार प्रमुख कार्कीले भने कुनै पनि जवाफ नदिएको केसीको भनाई छ । अन्य सदस्यहरुले पनि कार्कीलाई त्यही खालका प्रश्न गरेका थिए ।