३० आश्विन २०८३, शुक्रबार

सरकारको नजर संवैधानिक निकायको नियुक्तिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौ, १ असोज । तीन संवैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष सुशील कोइरालाले बिहीबार बिहान बस्ने गरी परिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्नेबारेमा छलफल गर्ने लिखित एजेन्डासहित बैठक बोलाएको जानकारी परिषदका सदस्य एवं सभामुख सुवास नेम्वाङले दिए ।

प्रधानमन्त्रीले तीन संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्न सोमबार बोलाएको बैठक एमाओवादी नेता पोष्टबहादुर बोगटीको निधन भएका कारण स्थगित भएको थियो । परिषदका सदस्य एवं प्रतिपक्षी नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बोगटीको निधन भएका कारण आउन नसक्ने भएपछि सोमबारको बैठक स्थगित गरिएको जानकारी प्रधानमन्त्री निकट स्रोतले दिए ।

प्रधानमन्त्री कोइराला १४ दिन लामो विदेश भ्रमणमा जाने अघिल्लो दिन परिषदको बैठक राखेर तीनवटै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारीमा छन् । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ३ मा अमेरिका जाने र असोज १६ मा मात्र स्वदेश र्फकने कार्यक्रम छ ।

संवैधानिक निकायहरू मानव अधिकार आयोगमा पूरै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन आयुक्त र लोकसेवा आयोगमा दुई सदस्य पद रिक्त भएको लामो समय भइसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । पदाधिकारी नभएकाले ती निकायको कामकारबाही मानव अधिकारी आयोगमा पूरै र बाँकी दुइटामा आंशिक रूपमा प्रभावित भएको छ ।