२८ आश्विन २०८३, बुधबार

यूएईमा कार्यरत नेपालका पूर्व तेक्वान्दो खेलाडीहरु संगठित हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tai-uae

उत्तम अधिकारी
यूएई । बैदेशिक रोजगारीका सिलासिला यूएईमा रहेका पूर्व नेपाली तेक्वान्दो खेलाडीहरु साझा उदेश्यका  लागि संगठित हुने भएका छन् ।

नेपाली तेक्वान्दोको सम्वृद्धि र विकाशका लागि भन्दै उनीहरुले यहि २६ सेप्टेम्बर शुक्रवारका दिन दुबईको जाबिल पार्कमा एक बृहत भेलाको आयोजना गर्ने भएका छन् ।

नेपालमा रहँदा बिभिन्न रास्ट्रिय अन्तरास्ट्रिय स्तरको खेल प्रदर्शन गरी हाल यूएईमा कार्यरत पूर्व तेक्वान्दो खेलाडीहरुले संगठित हुने निर्णय गरेका छन् ।

आगामी दिनमा अहिलेको जस्तै अवस्था नरहोस् र बिगतका पहिचान कायम राख्दै नेपाली तेक्वान्दोलाई यूएई प्रवासबाटै यथाशक्य सहयोग गर्न सकियोस भन्ने उद्देश्यले आफुहरु एकजुट हुन लागेको यूएईमा बिगत १० बर्षदेखि कार्यरत पूर्व तेक्वान्दो खेलाडी महेश गिरीले बताउनुभयो ।

नेपालमा रहँदा बिभिन्न क्षेत्रीय, रास्ट्रिय प्रतिस्पर्धामा भाग लिएका तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा डोजो संचालकहरुको यूएईमा ठुलो उपस्थिति रहेकोले यहींबाट पनि नेपाली तेक्वान्दोको हीतमा केहि गर्न सकिने बताउनुहुन्छ पूर्व खेलाडी प्रभु भुजेल मगर ।

त्यसैगरी अर्का पूर्व खेलाडी, तेक्वान्दो प्रशिक्षक तथा डोजो संचालक जोगलाल धिमालले बाध्यतावस बिदेशिएका नेपाली खेलाडीहरुको छुट्टै अस्तित्व र पहिचानको लागि खेलाडीहरु संगठित हुनु जरुरी रहेको बताउनुभयो
।
त्यसैगरी पूर्व प्रशिक्षक कर्ण केसी लगायतले खेलाडीहरुको एकता अनिवार्य रहेकोमा जोड दिनुभयो ।

उनीहरुले संगठित हुनका लागि निम्न सम्पर्क नम्वर पनि सार्वजनिक गरेका छन् ।

आबुधाबिमा जोगलाल धिमाल आबुधाबिमा जोगलाल धिमाल (0502863078) र महेश गिरी(0504147043 र 0551835640), दुबईमा कर्ण केसी(0508677503 ) र अलऐनमा किशोर श्रेष्ठ (050 7935786 ) ।