काठमाडौँ, ३१ भदौ । कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक कैलाश सिरोहियासहित चार जनाले अदालतको मानहानी मुद्दामा मंगलबार लिखित जवाफ बुझाएका छन्।
कान्तिपुरमा प्रकाशित समाचारले अदालको मानहानी भएको भनी परेको रिटमा सर्वोच्चले प्रवन्ध निर्देशक सिरोहिया, निर्देशक सोस्तिका सिरोहिया, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, सम्वाददाता घनश्याम खड्का र कान्तिपुरका स्तम्भकार बिजयकुमारसँग जवाफ मागेको थियो।
विजयकुमारले अघिल्लो साता नै जवाफ बुझाउनु भएको छ ।
विजयकुमारले बुझाएको जवाफ तुरुन्त मिडियालाई उपलब्ध गराएको कान्तिपुरले आज बुझाएको चार जनाको जवाफ भने सार्वजनिक गर्न गरेन ।
सिरोहिया, शर्मा र खड्काले मंगलबार लिखित जवाफ दिनुभएको हो ।
सर्वोच्चले उहाँहरुलाई स्वयम् उपस्थित भएर बयान दिन भनेको भए पनि चार दिनअघि प्रधानन्यायाधिश दामोदर प्रसाद शर्मा र जगदिश शर्माको इजालसले लिखित जवाफ दिएपनि हुने आदेश दिएको थियो।
कान्तिपुर दैनिकमामा विजयकुमारको शनिबारीय स्तम्भ ‘आदि इत्यादि’ मा छापिएको ‘पद र पहिचानबीचको महान अन्तर’ भन्ने आलेखले अदालतको मानहानी भएको भन्दै कान्तिपुरका सम्पादक शर्मा, प्रकाशक सिरोहिया र निर्देशक स्वस्तिकालाई विपक्षी बनाएर रिट दायर भएको थियो ।
रिटमा लेखले अदालतको गरिमामा आँच पुग्ने काम गरेको भन्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय दाबी गरिएको थियो ।















प्रतिक्रिया