१ कार्तिक २०८३, शनिबार

संविधानसभा बाहिरबाट संविधान जारी नगर्न एमालेका बुद्धिजीवीहरुको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh_chandra_devkota_KA-(_20110606090419नवलपरासी, भदौ ३१ । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले संविधानसभा बाहिरबाट नयाँ संविधान जारी नगर्न दलहरुलाई आग्रह गरेको छ ।

परिषदको पाँचौ पुर्ण बैठकपछि नवलपरासीको गैँडाकोटमा आयोजित  पत्रकार सम्मेलनमा उनीहरुले यस्ता आग्रह गरेका हुन् ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले लहडका भरमा स्थापित विधिलाई  लत्याएर  संविधानसभा बाहिरबाट  संविधान जारी गर्न खोजिए मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताउनुभयो ।

बिगतमा  नेताहरुले आफुखुशी  संविधानसभा बाहिर संविधानसभाका अन्तरबस्तुमा सहमति  जुटाउन गरेको प्रयास असफल भएको उदारहण दिदै डा. देवकोटाले  यसपटक त्यस्तो कार्य नदोहोर्याउन आग्रह गर्नुभयो ।

बैठक भदौ  २७ र २८ गते गरी दुई दिनसम्म चलेको परिषदको केन्दीय कार्यसमितीको बैठकले समयमै  चनाखो नभए  मुलुक ठुलो दुर्घटनामा पर्न सक्ने भन्दै संविधान निर्माणका लागि बौद्धिक बहस र अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको नवौँ महाधिवेशनको  मर्म र कार्यकर्ताको भावना अनुसार एकताबद्ध हुन शीर्ष नेताहरुको ध्यानाकर्षण समेत गराएको छ ।