खोटाङ, ३१ भदौ । मान्छे बुढो भए पनि मन बुढो हुँदैन भन्ने नेपाली उखानलाई खोटाङका एक ६५ वर्षीय वृद्धले प्रमाणित गरेका छन् ।
खोटाङको दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्यले एक १३ वर्षीया बालिकालाई बलात्कार गरेर यस्तो हर्कत देखाएका हुन् ।
नाता पर्ने बालिकालाई मंगलबार बिहान बलात्कार गरेको आरोपमा ती वृद्ध आचार्य प्रहरी हिरासतमा परेका छन् ।
प्रहरीले पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको जिल्ला अस्पतालमा आजै स्वास्थ्य परीक्षण गरिएको पनि प्रहरीले जनाएको छ ।















प्रतिक्रिया