कैलाली । बाल्यकाल देखि हिडडुल गर्न नसक्ने कैलाली नारायणपुर गाविस वडा नम्बर–२ बेलुवाबोझीका बोगुराम चौधरीलाई ह्वील चेअर प्रदान गरिएको छ ।
ह्वील चेअरको अभावमा हिडडुल गर्न नपाएका ५५ बर्षिय चौधरीका बारेमा सञ्चार माध्यमहरुमा समाचार आएपछि काठमाण्डौ स्थित सक्षम नेपाल नामक सँस्थाले ह्वील चेअरको व्यवस्था गरिदिएको हो । ह्वील चेअर पत्रकार सोमबहादुर थापाले हस्तान्तरण गर्नु भएको थियो ।
उक्त ह्वील चेअर हङकङ निवासी जमिल्लाह अलादिनले उपलब्ध गराउनु भएको थियो ।














प्रतिक्रिया