३० आश्विन २०८३, शुक्रबार

तीन सय नेपाली कामदार लैजान इजरायल सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Israyalकाठमाडौं, ३१ भदौ । इजरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सयजना नेपाली कामदार लैजाने भएको छ। यसरी जाने नेपाली नेपालीले केयर गिभरको काम गर्नुपर्नेछ।

नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्तामा यस्तो सहमति भएको हो। कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन। द्विपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटीबारे टुंगो लगाउने सहमति भएको छ।

इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ। इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

टोलीले आइतबार श्रम तथा रोजगारमन्त्रीसहित मन्त्रालयका उच्‍चअधिकारीसँग वार्ता गरेको थियो भने सोमबार श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसँग वार्ता गर्‍यो।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सय नेपाली कामदार लिन इजरायल सहमत भएको जानकारी दिए। ‘पठाउने विधि र प्रक्रियाबारे भने अन्तिम निर्णय हुन बाँकी छ’, उनले भने। अहिलेको योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।