२८ आश्विन २०८३, बुधबार

नेपालीले सभासद्ले भेटे कतारका सामुदायिक प्रहरी प्रमुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

savasad-jakir-husen

रवि रोषी

दोहा । कतारका सामुदायिक प्रहरी प्रमुख लेफ्टिीनेन्ट कर्नेल र संविधान सभा सदस्यबीच भेटवार्ता भएको छ ।

एनेकपा माओवादी समानुपातिकका तर्फबाट मनोनित संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैन र प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नेल घानिम साअद अल खियारिन बीच कतारको क्यापिटल सेक्युरिटी डिपार्टमेन्टमा भेटवार्ता भएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका कानूनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विषेश पहलमा भेटवार्ता कार्यक्रममा भएको औपचारिक भेटक्रममा कर्णेल मोहम्मद अल मुहन्नादीको पनि उपस्थिती रहेको थियो ।

सो अवसरमा सभासद हुसैनले कतारको सुरक्षा निकायलाई कतारवासी नेपालीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन र सानातिना उजुरी, मुद्दाहरुलाई अदालत पुग्नु अगावै समुदायमा नै समाधान गरिदिन आग्रह गर्नुभयो । दुई देश बीचको सम्बन्ध र श्रमिकको रोजगारीको साथ साथ कतार सरकारले नेपालको पर्यटन व्यवशायिक क्षेत्र तथा नेपालको आर्थिक विकासमा सहयोग गरी दुई देश वीचको बर्षौं देखि रहि आएको मैत्रीपुर्ण सम्बन्धलाई आर्थिक विकासमा रुपान्तारण गर्नुपर्नेमा जोड दिनुभयो । कतारले छोटो समयमा हासिल गरेको प्रगती विश्वलाई चकित पार्ने किसिमको उपलब्धि प्रति नेपाल र नेपालीले गर्व गरेको कुरा सामुदायिक प्रहरी समक्ष आफ्नो धारणा राख्नुभएको थियो ।

कतार सरकार र त्यसका सरकारी निकायहरुले नेपालीहरुको हक अधिकार, सुरक्षा तथा नेपालीहरुको जीवनस्तर उकास्न गरेको सहयोग तथा समग्र नेपालको विकासमा टेवा पुर्याएकोमा आफु सभासद भएको हैसियतले विशेष धन्यवाद दिनुभएको थियो ।

प्रत्युत्तरमा सामुदायिक प्रहरी प्रमुख लेफ्टिीनेन्ट कर्नेल घानिम साअद अल खियारिनले अत्यन्त वफादार र मेहेनेती नेपालीहरुले आफ्नो देश बनाउन गरेको अमूल्य सहयोगको खुलेर प्रशंशा गर्नुभएको थियो । आफ्नो विभागमा रहेको सम्पुर्ण शक्ति र आफु हुँदा आउने गरेको सवै खाले समस्याको समाधान गर्न आफ्नो विभाग सदैव तत्पर रहेको जानकारी गराउनुभयो । कतारमा नेपालीहरु दोश्रो बहुसंख्यक आप्रवासीको रुपमा रहेपनि अन्य देशको तुलनामा नेपालीहरु थोरै मात्र संख्यामा सानातिना अपराधमा संलग्न रहेको पाईएको बताउनुभयो ।

थप जानकारी गराउने क्रममा अल खियारिनले आप्रवासी नागरिक उपर आफ्नो डिपार्टमेन्ट अति जिम्मेवार रहेको र त्यसका लागि समय समयमा जनचेतना कार्यक्रमहरु राखिने गरेको पनि बताउँदै आफु कतार सरकारको प्रतिनिधित्व गर्दै नेपाल भ्रमणमा जान आतुर रहेको पनि उहाँले बताउनुभयो ।

सोही अवसरमा प्रहरी प्रमुख लेफ्टिीनेन्ट कर्नेल घानिम साअद अल खियारिनले नेपाल कतार सम्बन्ध अझ प्रगाढ बनाउन र समय समयमा नागरिक स्तर सम्बन्धलाई जोड्न भूमिका खेल्नु हुने प्रोफेसर मोहम्मद रमजान अलि मियाँलाई विशेष धन्यवाद दिनुभएको थियो । अन्त्यमा संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले नेपालको तर्फबाट नेपालको प्राकृतिक सौन्दर्य झल्किने मायाको चिनो प्रदान गर्नुभएको थियो भने कतारका तर्फबाट पनि मायाको चिनो दिने काम भएको थियो ।