काठमाडौँ, ३० भदौ । संविधानसभा बाहिर रहेका दलहरुको समेत मागलाई ध्यानमा राख्दै सरकारले मंगलबार सर्वदलीय राजनीतिक सम्मेलन गर्दैछ ।
प्रमुख चार राजनीतिक दलको सहमतिमा तथा नेपाल सरकारको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सर्वदलीय राजनीतिक सम्मेलन हुन लागेको हो । संविधानसभामा रहेका र बाहिर रहेका दलका प्रतिनिधि सम्मिलित सम्मेलनले संविधानका अन्तर्वस्तुका छलफल गरी शीर्ष नेतासमक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ ।
सम्मेलनमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीबाट पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले आफूहरुलाई शान्ति मन्त्रालयका तर्फबाट मंगलबार बिहान ८ः३० बजे सम्मेलनमा सहभागिताका लागि पत्र प्राप्त भएको जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने सम्मेलनभा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको छ ।
















प्रतिक्रिया